इलामको सन्दकपुरमा बिष सेवन गरौँ भन्दा नमाने पछि युवकद्वारा युवतीलाई कुटपिट, युवती गम्भीर घाइते

इलाम, १६ माघः इलामको सन्दकपुरमा एक युवकले युवतीलाई कुटपिट गरी घाइते बनाएछन् । बुधबार  सन्दकपुर सन्दकपुर ३ बस्ने सागर सुबेदीले साहि गाउँपालिकाकी सरिता रेश्मी मगरलाई भगाएर जंगलमा लगेर बिष सेवन गरौ भन्दा नमाने पछि कुटपिट गरी घाईते बनाएका हुन ।
 जंगलमा कुटपिट गरेको भन्ने खबर प्रहरी चौकी बन्दुकेमा आएपछि तत्काल प्रहरी गएर मगरको उद्वार गरेको छ भने  सागर सुबेदीलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सागर सुबेदीलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई अनुशन्धान भई रहेको छ  ।  घाईते  मगरलाई इलाम अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागी झापापठाइएको छ ।धाईतेको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी गराएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता