इलामको सिम्ले भिरमा गाडी दुर्घटना, ५ जना घाइते, २ जनाको अवस्था गम्भीर


इलाम, इलामको मेची राजमार्ग खण्डको सिम्ले भिरमा गाडी दुर्घटना भएको छ । सरकारी नं. प्लेटको वा १ झ ९८९८ नं.को निसान जिप दुर्घटनामा परेको हो ।
 दुर्घटनामा ५ जना घाईते भएका छन् २ जनाको अवस्था गम्भिर रहेको इलाम नगरपालिका ४ का वडा अध्यक्ष नुतनदेव दुलालले माइपोखरी न्युजलाई जानकारी गराए । भिरबाट करीव १०० मिटर तल झरेको गाडिबाट उद्धार कार्य भई रहेको पनि उनले जनाकारी गराए घाइतेलाई अस्पताल पठाउने काम भई रहेको छ भने घाइतेको नामावली आइनसकेको पनि उनले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता