प्रदेश १ को स्थायी नाम र राजधानी टुङ्गो लगाउन बिहीबारसम्म प्रस्ताव आह्वान

काठमाडौं । प्रदेश एकको स्थायी नाम र राजधानी टुङ्गो लाग्ने भएको छ । नामाकरण र स्थायी राजधानी बैशाख २० गते भित्र अन्तिम टुंगो लगाउन प्रदेश एकले बिहीबारसम्म नाम र राजधानीका लागि प्रस्ताव आह्वान गरेको छ ।
स्थायी राजधानीको टुङ्गो लागिसकेपछि आवश्यक भौतिक संरचनाको निर्माण, क्षेत्रफल लगायतका कुराको टुङ्गो लाग्ने छ । विराट क्षेत्रको ऐनको दफा ३ बमोजिम इटहरी, सुन्दरहरैंचा, विराटनगर लगायतका क्षेत्रमा राजधानी बनाउनका लागि बाटो खोलेको छ ।
मोटामोटी रुपमा विराटनगरलाई राजधानी बनाउन नेताहरु सहमति नजिक छन् । तर मोरङकै सुन्दरहरैंचा नगरपालिका, सुनसरीको इटहरी, धनकुटा लगायतले पनि राजधानीको दाबी गर्न छाडेका छैनन् । प्रदेशको नामका लागि कोशी किराँत, सगरमाथा, सप्तकोशी, विराट, कोचिला र लिम्बूवानको नाम आइरहेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता