अपडेटः झापबाट काठमाण्डौको लागि छुटेको वस त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुग्यो, २९ जना घाइते

धादिङ, ५ जेठः धादिङको गजुरी गाउँपालिका(६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस आज बिहान त्रिसुलीमा खसेको हो ।
प्रहरीको अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।
दुर्घटनाको कारणले भन्ने खुल्न नसकेको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिएका छन । दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले उद्धार कार्य गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता