टिप्परले ठक्कर दिँदा एकको मृत्यु

चितवन । भरतपुरमा मंगलबार टिपरले ठक्कर दिएर गम्भीर घाईते भएका एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार रहेका भरतुर महानगरपालिका ५ का धर्मराज अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ४५ बर्षीय श्रीमति सँगै मंगलबार ना १८ प १००१ नम्बरको मोटरसाइकलमा सवार थिए । सो क्रममा विपरित दिशाबाट आइरहेको ना ७ ख २२६९ नम्बरको टिपरले ठक्कर दिएको थियो । श्रीमति कमलाको पनि पुरानो मेडिकल कलेजमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि आक्रोशित भएका स्थानीयले उक्त टिपरको चालकलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै नारावाजी गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता