पाँचथर हत्याकाण्डः हत्यामा प्रयोग गरिएको हतियार भेटीयो

पाँचथरः ७ जेठः मिक्लाजुङको आरुबोटेमा नौ जनाको ज्यान जाने गरी गरीएको हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छ । 
मृतक बमबहादुर फियाकका ज्वाइँ मानबहादुर माखिमको शव रहेको मिक्लाजुङ ७ लिम्बा लुमाङदिन नजिकै खुकुरी र उनले प्रयोग गर्ने कपडाहरु भेटिएको जानकारी प्राप्त भएको छ । 
माखिमको शव झुन्डीएको अवस्थामा भेटिएको थियो । खुकुरी रगतले लतपतिएको अवस्थामा रहेको यसले गर्दा माखिम हत्यामा संलग्न रहेको आशंका गरिएको छ । अब मानबहादुरको शब आरुबोटे ल्याउन लागीएको प्रहरीले जनाएको  छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता