चेक बाउन्स गराउने १ जना र ठगी गरी फरार रहेका २ जनालाई इलाम प्रहरीद्वारा पक्राउ

इलाम, २० असारः इलाममा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका ११ का विनोद मोक्तानलाई चेक बाउन्स गरेको कसुरमा पक्राउ गरेको छ । मोक्तानले आफ्नो खातामा रकम नभई कृषि विकाश वैङ्कको सोह्र लाखको चेक काटी ताप्लेजुङको फोक्तालन गाँउपालिका वडा नं. ५ बस्ने चुङ्गदा शेर्पालाई चेक बाउन्स गरेको कसुरमा निज बिनोद मोक्तानलाई पक्राउ गरी अनुशन्धान भई रहेको छ ।
      
त्यस्तै ठगी केशका २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । झापा जिल्ला अदालतको मिति २०७४ साल मंसिर २ गतेको फैसलाले १ १ वर्ष कैद सजाय भएका मेचीनगर नगरपालिका ७ बस्ने वर्ष ४५ को गणेश कुमार श्रेष्ठ र सोही नगरपालिका ६ बस्ने बालकुमार बस्नेतलाई पक्राउ गरेको हो ।पक्राउ परेका दुवैलाई झापा जिल्ला अदालतमा फैसला कार्यान्वयनको लागि बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता