स्वतन्त्र युवा समूह इलामको संयोजनमा ¥यालीमा सहभागी सर्वसाधरणले पत्रकार रवि लामिछानेलाई विभिन्न बहानामा फसाउने कार्य भएको भन्दै सम्बन्धित निकायको ध्यानार्कषण गरेका थिए । सहभागीहरुले पत्रकार लामिछाने दोषी नरहेको विश्वास व्यक्त गरे । उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई निश्पक्ष छानबिन गरिनु पर्ने समेत माग गरेका छन् । ¥यालीमा सहभागीले ‘राष्ट्रका सपुत रवि लामिछानेको साथमा हामी छौँ’ रबीलाई चाडो रिया गर लगायतका नारा लगएका थिए ।
इलामको ठुलो टुडीखेलबाट शुरु भएको ¥याली चोक बजारमा आएर कोणसभामा परिणत भएको थियो । सहभागीले बुधवार दिनको १२ बजे पनि वृहत ¥याली तथा कोणसभा गरिने कार्यक्रम तय गरेका छन् ।
न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उहाँका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले बिहीवार पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो ।