आधारभुत पत्रकारिता तालिम सुरु

इलाम १५ चैत्र: इलाममा आजदेखी छ दिने आधारभुत पत्रकारिता तथा फिचर लेखन तालिम सुरु भएको छ । क्रान्तिकारी पत्रकार संघ इलामको आयोजना तथा जिविस इलामको सहयोगमा आयोजित तालिममा जिल्लाका २५ जनाको सहभागिता रहेको छ । तालिमलाई पत्रकार डिकेश लामा, डा.देवी क्षेत्रि दुलाल, गणेश लम्साल, संघ इलामका अध्इक्ष सुजन तिम्सिना लगायतले सहजीकरण गरिरहेका छन् । तालिम सुरु हुनु पुर्व भएको औपचारिक कार्यक्रम एनेकपा माओवादीका केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज मुकेश मेनेङ्वो, जिविस इलामका निमित्त स्थानिय विकास अधिकारी यादव अधिकारी, एमाओवादीका पुर्व जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा(रमण) नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष ख्याम भुजेल, क्रान्तिकारी पत्रकार संघ प्रदेश नम्वर एकका संयोजक राजन केडी, प्रेश चौतारी इलामकी अध्यक्ष कोकिला ढकाल लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।
च्यारिटी सो सम्पन्न
इलाम १५ चैत्र ः इलाम सदरमुकाममा आज ‘जिन्दगी’ नामक बृत्त चित्र प्रदर्शन गरिएको छ । अन्तर जातिय बिबाहको नकारात्मक पक्षलाई हटाउने उदेश्यले निर्माण गरिएको उक्त बृत्त चित्रमा थारु जातिको महिला र राई जातिको पुरुषबिचको प्रेम सम्वन्धलाई कथाबस्तु बनायएको छ । पारुहाङ वान्तवाद्धारा निर्देशित बृत्तचित्रमा अश्विन राई, आस्था राजवशिं लगायतका कलाकारहरुले अभिनय गरेका छन् । बृत्तचित्र जिल्ला विकास यो । समिति इलामको हलमा प्रदर्शन गरिएको थियो ।  

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment