पत्रकार गोबिन्द पौडेल मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते

 इलाम÷ पत्रकार गोबिन्द पौडेल मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका छन् । हर्कटे बजारबाट जिर्मले ४ रम्भ्याङ्ग स्थित घर नजिकै पुगेपछि पौडेलले चलाएको मोटरसाइकल मङ्गलबार साझ अनियन्त्रित भइ डिलमुनि खसेको थियो । घर नजिकै मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका पत्रकार पौडेलको बिर्तामोड स्थित बि एण्ड सी अस्पतालको आइसियू कक्षमा उपचार भैरहेको पारिवारिक श्रोतले जनाएको छ । निधार र दाहिने हातमा गम्भिर चोट लागेका पौडेलको निधारमा सात टाका गर्नुपरेको अस्पतालमा रहेकी पौडेलकी श्रीमती कर्णमाया पौडेलले जानकारी दिइन् । नेपाल पत्रकार महासंघ इलाम शाखाका सदस्य पौडेल इलामबाट प्रकाशित हुने चियाबारी दैनिक र फिक्कलबाट प्रशारण हुने रेडियो फिक्कलसँग सम्बन्धित छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment