काठमाडा २७ जेठ । हेल्थपोष्ट भवन र यसलाई सञ्चालन गर्न चाहिने उपकरण एवम् औजार र स्वास्थ्यकर्मीको उच्च सेवाभाव भएमा ग्रामीण क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न सकिदो रहेछ भन्ने उदाहरण सिन्धुपाल्चोकको लागर्चे हेल्थपोष्टले दिएको छ ।
हेल्थपोष्टको नयाँ प्रि फ्याब भवन, आवश्यक सामग्री एवम् उपकरण र कार्यरत् स्वास्थ्यकर्मीको आफ्नो कामप्रतिको तत्परताले गर्दा लागर्चेका बासिन्दाले आ–आफ्नो घर आगनमै अहिले आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा पाइरहेका छन् ।
“स्वास्थ्य सेवामा अठार महिनाअधि पहिलो नियुक्ति लिएर यहाँ आउँदा टहराबाट हेल्थपोष्टको सेवा सञ्चालन भइराखेको रहेछ, मन साह्ै कुडियो, टहरामै बसेर बिरामीका सेवामा तल्लीन भए, चाहिएको आवश्यक उपकरण र सामग्री थिएनन् , औषधि पनि कमै थिए, काम चलाउँदै गएँ ।” लागर्चे हेल्थपोष्टका प्रमुख रुपा केसीले भन्नुभयो ।
नेपाल रेडक्रस सोसाइटीको आर्थिक एवम् प्राविधिक सहयोगमा हेल्थपोष्टको नयाँ प्रि फ्याब भवन, आवश्यक सामग्री एवम् उपकरण पाएपछि स्वास्थ्य सेवाले कोल्टे फेरेको हो । बर्थिङ सेन्टरसमेत रहेको सो हेल्थपोष्टमा सातजना कार्यरत छन् । हेल्थपोष्ट र बर्थिङ सेन्टरलाई चाहिने उपकरणको अभाव रहेको छैन । उनी भन्छिन् “दैनिक १८ देखि ४० जनासम्म सेवाग्राही आउँछन् । करिब एक वर्षकोबीचमा १७ गर्भवती महिलाले यहाँबाट सेवा लिए । तीमध्ये अधिकाशं यही सुत्केरी भए । रेफर न्यून मात्रमा गरेँ । आवश्यक औषधि अभाव हुन दिएको छैन ।”
स्वास्थ्य मन्त्रालयले सोसाइटीलाई भूकम्पले क्षति पु¥याएका सिन्धुपाल्चोक जिल्लाका लागर्चे, भोटेनाम्लाङ, बासखर्क, इचोक, किउल, महाकाल, थाङपालधाप, भोताङ, पाल्चोक, थकनी, थाङपालकोट, बाँडेगाउँ, शिखरपुर र ज्यामिरे गरी १४ हेल्थपोष्ट पुनःनिर्माण गर्न जिम्मा दिएको थियो ।
जापानिज रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा सोसाइटीले आफूले जिम्मा लिएका ती हेल्थपोष्टमध्ये लागर्चे, भोटेनाम्लाङ, बासखर्क, इचोक गरी चारवटा हेल्थपोष्टको पुनःनिर्माण सम्पन्न गरी मन्त्रालयलाई हस्तान्तरण गरिसकेको सोसाइटीद्वारा सञ्चालित भूकम्पप्रतिकार्य कार्यक्रमका स्वास्थ्य संयोजक डा मौसम बोहराले जानकारी दिनुभयो ।
बाँकी दशवटा हेल्थपोष्टको पुनःनिर्माणकार्य अन्तिमचरणमा पुगेको छ । सोसाइटीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काभ्रे, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुङ्गा, ललितपुर, भक्तपुर, काठमाडाँै लगायतका १४ जिल्लामा आवास निर्माण, स्वास्थ्य, खानेपानी र सरसफाइ, जीविकोपार्जनलगायत क्षेत्र समेटी भूकम्पप्रतिकार्य कार्यक्रम भूकम्पपछि सञ्चालन गरिराखेको छ ।
स्वास्थ्य मन्त्रालय र सोसाइटीका वीचमा सिन्धुपाल्चोकका ती १४ हेल्थपोष्ट सहित काभ्रेका दूर्गम भेगका ¥याले, महेन्द्रज्योती, रविओपि, चन्डिनीमण्डन, ज्याम्दिमण्डन, खरेलथोक, सानोनाङथली, गाोठापानी, पोखरीचौरी, वाल्टिङ, बनिखु, फालामेटार, काठमाडौको गोठाटार, ललितपुरको चन्दनपुर, भक्तपुरको सुडाल, धादिङको कल्लेरी हेल्थपोष्ट र रसुवाको धुन्चे जिल्ला अस्पताल पुन निर्माण गर्न द्विपक्षीय सम्झौता भएको थियो । संयोजक डा बोहराले सोसाईटीले जिम्मा लिएका ३० वटा स्वास्थ्य सस्था मध्ये २७ वटा प्रि फ्यावबाट पुन निर्माण जारी रहेको र उपत्यका भित्रका ती तीन आरसिसि माध्यमबाट पुन निर्माण गर्न कार्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो । सोसाइटीलाई रसुवा जिल्ला अस्पताललाई क्यानेडियन रेडक्रस, काभ्रे र धादिङका हेल्थपोष्ट पुन निर्माण गर्न कोरियन रेडक्रसले आर्थिक एवम् प्राविधिक सहयोग गरेको छ ।
उहाँले भन्नुभयो “एकवर्षभित्र सोसाइटीले जिम्मा लिएका ३० वटै स्वास्थ्य संस्था पुन निर्माण गरी सरकारलाई हस्तान्तरण गर्छौ । प्रि फ्यावबाट बनिरहेका हेल्थपोष्ट पुन निर्माण कार्य त अन्तिम चरणमा पुगिसकेको छन् ।” स्वास्थ्य मन्त्रालयले आगामी दुईवर्षभित्रमा भूकम्पबाट क्षति भएका सबै स्वास्थ्य संस्थाको पुन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखेको छ । मन्त्रालयका सचिव डा सेनेन्द्र उप्रेतीले मन्त्रालयले स्वास्थ्य सस्था पुन निर्माणका लागि मापदण्ड, आवश्यक उपकरण तथा औजारको सूचि तयार गरी सहयोगी सस्थालाई दिएको र सोही अनुरुप पुन निर्माण भएका जानकारी दिनुभयो । रासस
0 comments:
Post a Comment