विपक्षिको झण्डा फ्याक्ने र चुनाबी प्रचारमा हिड्ने निर्वाचन शिक्षा कार्यकर्ता के कारबाही हुन्छ (तस्वीर सहित)

नमीन ढकाल
इलाम । सूर्योदय नगरपालिकामा निर्वाचन आचारसंहित विपरित राजनीतिक दलहरुले चुनावी प्रचार गर्दै आएको एक कार्यक्रममा सहभागिले बताएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामले शुक्रबार सूर्योदय नगरपालिकाको हलमा आयोजना गरेको सर्वदलिय बैठकमा राजनीतिक दलकै प्रतिनिधिले निर्वाचन आचारसंहिता विपरितका काम भएको बताएका हुन् । दलका प्रतिनिधिले आचारसंहिता पालना भए नभएको बारेमा अनुगमन गरि कारबाहिको दायरमा ल्याउन निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयलाई अनुरोध गरेका छन् । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र सूर्योदय नगरपालिका १० का वडाअध्यक्ष उमेद्धवार देवीप्रसाद गौतमले विपक्षि पार्टीबाट झण्डा झिकेर फ्याक्ने काम भएको बताए ।
सान्तिपूर्ण रुपमा चुनावी प्रचार गरिरहेका बेला आफ्नो पार्टीले गाडेका झण्डा र प्रचार सामग्री नेकपा एमालेका कार्यकर्ताले फ्याक्ने गरेको आरोप लगाए । हामीले गाडेको झण्डा फ्याक्ने काम भएकाले यस्ता कार्य फेरी भए झडपको अवस्था आउने भएकाले तत्काल रोक्ने काममा निर्वाचन कार्यालय संक्रिय हुने बताए । कार्यक्रममा बोल्दै नेपाली काग्रेसका प्रतिनिधि दिपेश गुरुङ्गले निर्वाचनको आचारसंहिता विपरित उमेद्धवारले डोजर लगाएर गाउँगाउँमा मतदातालाई प्रभाव पार्ने काम भएको बताए । अरुबेला विकासका काममा नलाग्ने राजनीतिक दलहका उमेद्धवारहरु विकास गरिदिन्छु भन्दै अहिले अगाडी डोजर लगाएर हिड्ने गरेकाले तत्काल त्यस्ता काम रोक्नुपर्ने नेकपा माओवादी केन्द्र सूर्योदय नगरपालिकाका मेयरका उमेद्धवार छविराज राईले बताए ।
यस्तै राप्रपा नेपालका मेयरका उमेद्धवार भोजराज लामिछानेले बरबोटे–कजेनी–सिद्धिखोला–गुफाटार सडक निर्माण गर्ने भन्दै कतिपय उमेद्धवारहरु रोडा र ढुङ्गा ओसार्न थालेको बताए ।
निर्वाचन शिक्षा कार्यकर्ता र कर्मचारी नै पार्टी प्रचारमा यसैगरि निर्वाचन आचारसंहिता विपरित निर्वाचन शिक्षा कार्यकर्ता र कर्मचारी समेत निर्वाचन प्रचारमा लागेको कार्यक्रमका सहभागिले बताएका छन् । कार्यक्रममा सहभागि राप्रपाका मेयरका उमेद्धवार भोजराज लामिछानेले श्रीअन्तु ४ कार्यक्षेत्र तोकिएकी निर्वाचन शिक्षा कार्यकर्ता खुलेआम नेकपा एमालेको प्रचारमा सक्रिय रहेको बताए ।
उनका अनुसार निर्वाचन शिक्षा कार्यकर्ता नैनकला पौडेल नेकपा एमालेको श्रीअन्तुको उत्तरे र सल्लेरीमा भएको प्रचारात्मक कार्यक्रममा सहभागि भएकी हुन् । यस्तै मेची पहाडी पर्यटन क्षेत्र पर्यटन विकास समितिका एक कर्मचारी पनि निर्वाचन प्रचारमा जुटेका छन् । पर्यटन विकास समितिमा कार्यरत सन्दिप लामिछाने शुक्रबार नेकपा एमालेको निर्वाचन प्रचार जुटेका थिए । श्रीअन्तुको सल्लेरीमा आयोजित चुनावी सभामा सहभागि उनले साउण्डबक्स बोक्ने कामको जिम्मा पाएका थिए ।
आचारसंहिता पालना गर्ने प्रतिवद्धता

स्थानीय तहको निर्वाचनमा सहभागि इलामका राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालयले इलामले फिक्कलमा आयोजना भएको सर्वदलिय बैठकमा दलका प्रतिनिधिले आरसंहितालाई पूर्णरुपमा पालन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
निर्वाचनको प्रचार गर्दा कुनैपनि पार्टीले अर्को पार्टीको झण्डा, पर्चा पम्प्लेट नच्यात्ने, चुनावी प्रचारलाई शान्तिपूर्ण रुपमा गर्ने, गाडि र पार्टीको झण्डा निर्वाचन आयोगले तोकेबमोजिम गर्ने र सबै मतदान केन्द्रमा समन्वय समिति बनाई चुनावी वातावरण बनाउने सहमति भएको जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले बताउनुभयो । यसैगरि राजनीतिक दलहरुले निर्वाचन प्रचारको काममा भारतीय नम्बर प्लेटको गाडि प्रयोग नगर्ने समेत प्रतिवद्धता जनाएका छन् । यस्तै निर्वाचनमा बदर मत कम गर्न इलामका ४ स्थानमा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ । इलाम नगरपालिकाको बिब्ल्याँटे, गोलाखर्क, सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा नुमना मतदानको काम सम्पन्न भएको हो । लोकल सन्देशबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment