
इलाम, ३१ असारः इलामको पशुपतिनगरको गोलटार चिहानडाँडाबाट अबैध रुपमा भारत निकासी गर्न लागेको चुरोट शनिबार बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश आईतबारेबाट स.प्र.नि. अम्मर राज बरामुको कमाण्डमा खटिएको टोलीले दशगजा नजिक सुर्योदय नपा २ पशुपतिनगर स्थित गोलटार चिहानडाँडाबाट वेवारिसे सुर्तीजन्य पदार्थ चुरोट १ कार्टून बरामद गरि आज आईतबार गते पशुपतिनगर भन्सार कार्यालयमा बुझाईएको हो ।
भञ्सारले चुरोटको मुल्य ३० हजारकायम गरेकाे छ ।