धरानका मेयर सुब्बाको उपचारको क्रममा निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । उपचारको क्रममा सुब्बाको ग्राण्डी अस्पतालमा निधन भएको हो । उनि दुईसाताबाट उपचाररत थिए । उपचारकै क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा उनको मंगलबार दिउँसो निधन भएको हो ।
मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो । न्युज ट्वन्टीफाेरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता