विश्वकपको फाइनल खेल शुरु, फ्रान्स र क्रोएसियामा कसले मार्ला बाजी

इलामः  रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् ।

रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज राति ८ः४५ बजे दुवै टोली विजय लक्ष्यका साथ मैदानमा हुन।

उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा हुनेछ, भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ । क्रोएसिया विश्वकपको फायनलमा पहिलोपटक पुगेको हो ।

सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता