
इलाम, ३२ असारः पछिल्लो समयमा धमाधम तीज गीतले बजार तताएको छ तीज नआँउदै जेठबाट नै तीज गीतले बजार हल्ल्लाएको बेला एउटा आशा आग्दो आधुनिक गीत सार्बजनिक भएको छ। पछिलो दुई बर्षमा एका एक हिट मा आएकी गायिका अन्जु पन्तको भन्दा कम आवाज नभएको चौतर्फी दर्शकको भनाइ छ।
सानो उमेर मै आफ्नो कला गला देखाएर बजारमा आएकी विशेष गरि आधुनिक गायिका भनेर चिनिने पुर्णिमा लामा को सुमधुर स्वरमा एउटा आशा लाग्दो आधुनिक गीत डिजिटल बजारमा आएको छ । यसै गरि उक्त गीतमा शब्द रचना गर्नु भएको छ नब रचनाकार जीवन राईले संगीत भर्नु भएको छ ।
राजन बिश्वकर्माको प्रस्तुतकती रहेको छ । जीवन राई, राजन बिश्वकर्मा र अस्बिन राई म्युजिक भिडियोमा आफ्नो दमदार प्रस्तुत दिनुभएको छ । चर्चित नायिका तथा मोडेल सगुन शाई र छोटो समय मै सर्जक गायक र मोड्लीङमा आफ्नो नाम रोसन गर्दै आउनु भएको गणेश घर्ती मगरको अभिनय रहेको छ ।
यस म्युजिक भिडियोको निर्देशन शिभम पोख्रेले गर्नुभएको छ छायांकन मुकेश हुमगाईको रहेको छ । सम्पादक अधिनायक मान सेर्चनले गर्नु भएको छ ।
हेर्नुहोस भिडियो