मेरिनाको नर्सरी मन

  • मनिषा चम्लागाईँ 

झापा, ३२ असारः झापा शिवसताक्षी नगरपालिका –१ धरमपुरकी मेरिना लुर्इंटेल गोपाल नर्सरी फर्म सञ्चालक हुन् । उनले नर्सरी फर्म सञ्चालन गरेको दुई दशक बितेको छ । नर्सरीबाट उनी मासिक ४ लाख आम्दानी गर्छिन् । 
सुरुवातीमा आफ्नै बारीमा रहेका फलफूलको बोटविरुवाबाट नर्सरी सुरु गरेको उनी बताउँछिन् । मेहनत गरे बालुवामा सुन फलाउन सकिन्छ भन्ने उखानलाई साकार पार्न सफल भएकी छिन्, मेरिना । 
गोपाल नर्सरी र्फमले फलफूलका बिरुवा उत्पादन गर्ने तालिम पनि दिँदै आएको छ । त्यहाँबाट लिएकै तालिमले धेरै किसान व्यवसायिक रूपमा फलफूलका बोटविरुवा उत्पादनमा लागेका छन् । उनी भन्छिन्, ‘मानिसले मेहनत ग¥यो भने उन्नति चाँडै गर्न सकिँदोे रहेछ, अहिले हामी फलफूलका बोटविरुवा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छौँ ।’ एक वर्षमा आप १० हजार, लिची १० हजार, कागती २० हजार, कटर ५, हजार, अनार ५ हजार, सुपारी २० हजार, नरीवल १ हजार, रुद्राक्ष १ लाख, रङ काठ १ लाख, मलेसियन सखुवा १ लाख  र अन्य विरुवा २ लाख उत्पादन गर्दै आएको उनका श्रीमान् हरेराम लुईटेलले बताए । उनले भने, ‘हिउँदको तुलनामा वर्खे फलफूलका विरुवाबाट बढी आम्दानी हुन्छ, व्यवसायले हामीलाई राम्रो फाइदा पु¥याएको छ ।’ उनले झापाकै ठूलो फर्म आफ्नो भएको दाबी गरे । परिवारसँगै थप १५ जनालाई रोजगार दिन सफल भएको उनी सुनाउँछन् । १० कठ्ठा जमिनमा फर्म सञ्चालनमा आएको छ । आगामि वर्षबाट गाईँ, बाख्राका लागि डाले घाँसका विरुवा पनि उत्पादन गर्ने लक्ष्य रहेको उनी हरेराम सुनाउँछन् । 
फर्ममा उत्पादित विरुवा खरिद कर्ताको घरसम्म पु¥याउने  व्यवस्थासमेत गरिएको छ ।  कामप्रति दृढ इच्छाशक्ति भएमा फलफूलका विरुवा उत्पादन गरेरै स्वदेशमा प्रशस्त कमाइ गर्न सकिने मेरिना सुनाउँछिन् ।
भारतको कलकतामा गएर फलफूल नर्सरी बनाउने तालिम लिएदेखि नै आफूहरू नर्सरी निर्माणको कार्यमा लागेको लुईंटेल दम्पत्तीको भनाइ छ ।  त्यसले सफलता मिलेको उनीहरु बताउँछन् । आधुनिक प्रविधिबाट विरुवा उत्पादन गर्ने गरेको र प्राविधिक ज्ञानसीप समेत यसै व्यवसायबाट सिक्न सफल भएको मेरिनाले बताइन् ।  हामीले उत्पादनका गरेका बोटविरुवा बजारीकरणका लागि पनि सहयोग पुगेको छ । आफ्नै माटोमा पौरख गरेर मनग्य आम्दानी गर्न पाउँदा  निकै खुशी लागेको गरेको लुईटेल बताउँछिन् । 
विरुवालाई छोराछोरी जस्तै स्यार गर्नु पर्ने मेरिनाले सुनाइन्  । उनले भनिन्, ‘एउटा रुखबाट हामी एक सय वटा विरुवा निकाल्छौँ ।’ ग्राहकबाट अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको उनले सुनाइन् । उनले भनिन्, ‘हाम्रोबाट लगेको विरुवाले एक  वर्षमा फल दिन सुरु गर्छ, यसैले ग्राहक हामीसँग सन्तुष्ट हुनुहुन्छ ।’ विरुवालाई पानी नजम्ने ठाउँमा रोप्नु पर्ने उनले सुनाइन् । विरुवा रोपिसकेपछि किराफट्याङ्ग्राबाट बचाउन रेखदेख गर्नु पर्ने मेरिनाको भनाई  छ । घरेलु औषधीको प्रयोग गर्न सकिने उनले प्रष्ट पारिन् । 

फर्ममा उत्पादित विरुवा पूर्वको ताप्लेजुङदेखि पश्चिम बारा, पर्षा, रौतहटसम्म पु¥याउने गरेको हरेरामको भनाइ  छ  । स्थानीय सरकारले फर्मप्रति ध्यान दिन नसकेकोमा उनले दुखेसो हरेरामले पोखे । उनले भने, ‘हाम्रो व्यवसायको बारेमा स्थानीय सरकारले अहिलेसम्म सोच्न भ्याएकै छैन ।’  
फर्मबाट कुनै संघसंस्थाले विरुवा लगे सम्बन्धित स्थानमा पुगेर विरुवा रोप्ने बारे ज्ञान दिने र बेलाबेला निरीक्षणमा जाने गरेको मेरिनाले सुनाइन् । विरुवा रोप्दा वातावरण पनि स्वस्थ्य हुने र त्यसबाट आफूले आम्दानी पनि लिन सकिने हुनाले यही व्यवसाय रोजेको लुईँटेल दम्पत्ती बताउँछन् । यसै व्यवसायबाट लुईँटेल दम्पत्तीले आफ्नो ५ जनाको परिवार राम्ररी चलाउँदै आएको  छ । आफैँले घरेलु विरुवालाई विकसित गरेर सुरु गरेको व्यवसाय अहिले   ८० लाखको हाराहारीमा पुगेको छ । 
नेपालको पूर्वी क्षेत्र फलफूल खेतीको प्रचुर सम्भावना बोकेको स्थान भएको जानकारहरुको बुझाइ  छ । पछिल्लो समय झापा, मोरङ, सुनसरीमा आँप व्यवसाय भने फस्टाउन नसकेको जानकारहरु बताउँछन् । यसलाई मध्यनजर गरेर सुधार गर्न आवश्यक छ ।  गोपाल नर्सरी फर्ममा पुगेपछि अनुमान गर्न सकिन्छ– फलफूल खेती फराकिलो बन्दै गएको छ । माग अनुसार फलफूलका विरुवा उत्पादन गर्न उनीहरुलाई  धौँ धौँ पर्छ । फलफूल खेतिप्रति आकर्षण बढ्दो छ । यही गतिमा सबैले विरुवा लगाउने हो भने केही वर्षपछि  जीवनस्तर फलफूलले नै उकास्न सक्छ । फलफूलका विरुवा एकपटक रोप्ने हो भने केही वर्षपछि वर्षौँसम्म आम्दानी दिइरहन्छ, मेहनत पनि धेरै पर्दैन ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता