
काठमाण्डौँ, ३२ असारः पहिलो पाईला नेपाल नामक सामाजिक सस्था को प्रथम साधारण सभा असार ३० र ३१ गते काठमाडौंमा सम्पन्न भएको छ । पहिलो पाईला नेपालका केन्द्रिय अध्यक्ष प्रतिभा जि।सि। को सभापतित्वमा संचालित उक्त कार्यक्रमको पुर्व चिनियाँ राजदुत एवम् नेपाल पब्लिक हेल्थ फाउन्डेसनका सि।इ।ओ। डा महेश मास्के ले प्रमुख आथिथ्य ग्रहण गर्नु भएको थियो ।
केन्द्रिय सचिवालय सदस्य सुरज गिरी आभाष ले सन्चालन गर्नु भएको उक्त कार्यक्रमको पहिलो दिनमा वरिष्ठ पत्रकार, महिला बालबालिका तथा बृद्ध समाज कल्याण परिषदका अध्यक्ष राम कृष्ण कर्माचार्य, सेभ दि चिल्ड्रेन, शिक्षा विभाग प्रमुख एवम् सामाजिक अभियान्ता डा। लक्ष्मी पौडेल, बागमती सरसफाइ महाअभियानका अभियान्ता एवम् समाजसेवी उमेश बोहोरा, समाजसेवी रमेश हमाल लगायतको बिशेष उपस्थिति थियो ।
स्थापना भएको प्रथम बर्षमा नै देशका १४ जिल्लामा साखा विस्तार गरि ६० भन्दा बढी सामाजिक कार्यहरू समापन गरिसकेको यश सस्थाको प्रथम साधारण सभामा १४ जिल्ला कै साखा प्रतिनिधिहरुको उपस्थिति थियो ।
यश एक बर्ष समयावधिमा देशभर सम्पन्न भएका कार्यक्रम हरुको प्रगती विवरण सस्थापक महासचिव विजय खडका ज्युले र आर्थिक विवरण सस्थापक कोषाध्यक्ष बिमल जि।सि। ज्युले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम मा बोल्दै साखा प्रतिनिधि ज्युहरुले निकट भबिष्यमा पनि आफ्नो साखा सदैव पहिलो पाईलाको सिद्धान्तमै अडिक रहने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
थोपा थोपा जोडेर नदि बनाउने क्रममा पहिलो पाईला प्रथम बर्षमा निकै नै उदाहरणीय बनेको कुरा अतिथी रमेश हमालले जिकिर गर्नु भयो । गत बर्ष बाढी गएको समयमा सबै सस्थाहरु पुर्व पुगेको अबस्थामा पहिलो पाईला नेपाल ले पश्चिमकै विकट जिल्ला बाके राप्ती सोनारीमा गरेको उद्वार तथा राहत वितरण कार्यक्रमले आफ्नो मन जितेको कुरा उहाँले बताउनु भयो ।
पहिलो पाईला नेपालको नेतृत्व कर्ता र स्वयंसेवकहरूको प्रशंसा गर्दै नेपाल रेडक्रस सर्कल, एन।सि।सि। कलेजका अध्यक्ष निशान कार्कीले पहिलो पाईला नेपाल ले निकट भबिष्यमा एक उल्लेखनीय स्थान हासिल गर्ने कुरामा आफू विस्वस्त रहेको कुरा बताउनु भयो ।
स्थापनाकालदेखि नै आफू स्वयंम पनि पहिलो पाईला नेपालमा आवद्ध रहि हरेक गतिविधिहरुमा प्रत्यक्ष सहभागी हुँदाको क्षणहरूको स्मरण गर्दै आगमि दिनहरूमा पनि सदैव पहिलो पाईला नेपाल प्रती आफू जुनसुकै परिस्थितिमा पनि साथ दिन तत्पर रहेको कुरा अतिथी एवम् पहिलो पाईला नेपालका सल्लाहकार उमेश बोहोरा ज्युले बताउनु भयो । उहाँका अनुसार देश र समाजका लागि केही गर्नु पर्छ भन्ने भावना बोकेका युवाहरुको जमात पहिलो पाईला नेपाल रहेको हुदा भोलिका दिनमा यस्ले हजारौं माइलको यात्रा तय गर्न सक्ने कुरा प्रुष्टी गर्नु भयो ।
सेभ दी चिल्ड्रेन, शिक्षा विभाग प्रमुख डा लक्ष्मी पौडेल ज्युले पहिलो पाईलाका हरेक कार्य हरु प्रती आफू सदैव सकारात्मक रहेको र आगमी दिनमा केही फरक शैलीमा पहिलो पाईला नेपाल उभ्भिने कुरामा समेत आफू विस्वस्त रहेको कुरा बताउनु भयो ।
करिब १२० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको बिशेष अतिथी राम कृष्ण कर्माचार्य ज्युले महिला बालबालिका तथा बृद्धका क्षेत्रमा हुने जुनसुकै कार्यक्रममा आफ्नो साथ सदैव रहने प्रतिबद्धता जाहेर तथा शुभकामना ब्यक्त गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि डा महेश मास्के ज्युले पहिलो पाईला नेपालले छोटो समयमा नै सम्पन्न गरेका कार्यहरूको प्रशंसा गर्दै निकट भबिष्यमा आफू पनि सहकार्य गर्न आतुर रहेको कुरा जिकिर गर्नु भयो ।
औपचारिक कार्यक्रम को समापन गर्दै सम्पुर्ण सदस्य सहयोगी दाता तथा सम्बन्धित सबैमा कार्यक्रमका सभापति प्रतिभा जि.सी. ज्युले धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रमको द्वोस्रो दिन साखा ब्यबस्थापन सम्बन्धि नियामवलिमा बिशेष क्षलफल भएको थियो । साथै पहिलो पाईला नेपालले आगमी दिनमा कस्ता योजनाहरु लाई प्राथमिकता दिने भन्ने सम्बन्धमा बिशेष क्षलफल भएको कुरा केन्द्रिय उपाध्यक्ष भिम घिमिरे ज्युले बताउनु भयो, उहाँका अनुसार अबका दिनमा पहिलो पाईला फरक शैलीमा देखिनेछ ।
सामाजिक संजालको माध्यम बाट स्थापित पहिलो पाईला नेपाल सामाजिक सस्थाले स्थापना काल देखि नै निरन्तर समाजसेवामा आफ्नो पकड जमाएको छ । बागमती सरसफाइ अभियान देखि बाढीले चुर्लुम्मै डुबेको तराईमा राहत तथा उद्वारको लागि होस अथवा विपन्नताका कारण हातमा कपि, कलम र झोला नपाएका बालबालिकाहरुको हात हातमा भाग्य बोक्ने झोला पुर्याउन अथवा अत्यधिक चिसोका कारण दिनानुदिन मृत्युको मुखमा पुगेका हरुलाई न्यानो माया अभियान अन्तर्गत लत्ताकपडा हरु वितरण गर्न पहिलो पाईला नेपाल निरन्तर सक्रिय रहेको पाईन्छ ।
आशा छ आगमी दिनहरुमा पनि यश सामाजिक सस्थाले यस्ता कार्यहरुलाइ निरन्तरता दिदै सामाजिक क्षेत्रमा उल्लेखनीय पकड बनाउनेछ ।