जिउँदो सालकसहित दुई पक्राउ

चितवन, १ साउन (रासस)  चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारबाट जिउँदो सालकसहित आज दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 
यसरी पक्राउ पर्नेमा पाल्पाको बगनास गाउँपालिका–३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका–६ बस्ने २८ वर्षीय टेकबहादुर गुरुङ रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । 
मुग्लिङ बजारको बाटो हुँदै सालकको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय मुग्लिङको संयुक्त टोलीले चेकजाँच गर्दा आज उनीहरु सालकसहित पक्राउ परेको ढकालको भनाइ छ । 
पैदल हिडिँरहेका बेला प्रेमबहादुर थापाले पछाडि भिरेको झोलामा उक्त सालक फेला पारिएको हो । गोरखाको छेपेटार भन्ने स्थानबाट सालक ल्याई बेचबिखनको लागि काठमाडौँतर्फ लैजान लागेका बेला सालकसहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ । 
सालक र पक्राउ मानिसहरुलाई आवश्यक कानूनी कारबाहीको लागि इलाका वन कार्यालय मुग्लिङमा राखिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता