थोत्रा कपडा पेलेर नयाँ कपडा बनिएसँगै घट्दो प्रदुषण

इलाम । थोत्रा कपडा पेलेर नयाँ सामग्री बनाउने उद्योग संचालनमा आएसँगै इलामका सार्वजनीकस्थल अहिले चिटिक्क देखिन थालेका छन् । इलाम बजार र ग्रामीण व्यापारीक केन्द्रमा २५ वटा पुराना कपडा पेलेर निस्किएको कपासबाट सिरक, डसना, तकिया लगायतका सामग्री बनाउन थालेपछि सहरी क्षेत्रमा पुराना कपडाको थुप्रो देखिन थोडेको हो ।
कपडा प्रशोधन उद्योग स्थापना भएपनि इलामबासीले आफुले प्रयोग गर्दै आएका पुराना कपडा खोला खोल्सा र सार्वजनीकस्थलमा फ्याक्न छोडेको इलाम नगरपालिका ९ का कुल बहादुर थापाले बताउनुभयो ।
उद्योग स्थापना भएसँगै पुराना, थोत्रा तथा च्यातिएका कपडा च्यापेर नयाँ सिरक, डसना बनाउन आउनेहरुको घुइँचो लाग्ने गरेको छ । थोत्रा कपडा बोकेर कपास उद्योग पुगेका सेवाग्राहीलाई कपडा पेलेर सामान तयार गरिदिए बापत प्रति किलो २५ रुपैयाँ र ज्याला लिँदै आएको त्रिशुली कपास उद्योगका प्रोपाइटर राम बहादुरु गुरुङ्गले बताउनुभयो ।
पुराना कपडा प्रशोधन गरेर नयाँ सिरक, डसना र तकिया बनाउने पेशाबाट घरखर्च चलाउनुका साथै स्थानीय एक सय बढी युवायुवतीले इलाममा रोजगारीका अवसर पाएको घरेलु तथा साना उद्योग विकास समितिका नायव सुब्बा खड्ग बस्नेतले बताउनुभयो ।
प्रयोग गरेको कपडा व्यवस्थापन हुने र बजारमा पाइने रेडिमेट सिरक ढसना भन्दा सस्तो र टिकाउ हुने गरेकाले उपभोक्ताले पुराना कपडाको पुनः प्रयोग बढाएका छन् । लेकलसन्देश बाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता