माईभ्याली गोल्डकपः आयोजकलाई हराउँदै युनाइटेड दार्जिलिङ दोस्रो चरणमा


इलाम, २६ फागुनः पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण फागुन २६ गतेबाट शुरुभएको भएको छ । आज भएको उद्घाटन खेलमा भारतको युनाइटेड दार्जिलिङलले आयोजक माईभ्याली फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । खेलको दोस्रोहाफको इन्जुरी समयमा दार्जिलिङका जर्सी नं. ६ का खेलाडी देवासिस राईले गरेको गोलले नै देर्जिलिङले जितको लागि प्रयप्त भयो  । 
खेलको पहिलोहाफ गोलरहित बराबरीमा समाप्त भएको थियो । पहिलो हाफमा युनाइटेड दार्जिलिङले धेरै आवसर पाए पनि सदुपयोग गर्न सकेन । मध्यान्तर पछिको दोस्रो हाफमा माईभ्याली फुटबल क्लवले राम्रो प्रदर्शन गरे पनि कुनै गोल गर्न सकेन । खेलको म्यानअफ द म्याच दार्जिलिङका वाङदेङ तामाङ घोषित भए उनले नगद रु १० हजार प्राप्त गरे ।
सोमबारको खेल हिमालय शेर्पा क्लब काठमाण्डौ र नेप्लीज फुटबल एकाडेमी हङकङ बीच हुने छ । 
प्रतियोगितामा आयोजक माईभ्याली फुटबल क्लव, नेपालका एडिभिजन क्लवहरु थ्रीस्टार, हिमालय शेर्पा, त्रीभूवन आर्मी, नेपाल पुलीस, एपिएफ र मोफोसलको मेची नेत्रलय झाप रहेका छन् भने विदेशी टीमा युनाइटेड क्लव दार्जिलिङ, भारत, दाउफिन्स क्लव क्यामरुन र नेप्लीज फुटबल एकाडेमी हङकङ रहेका छन् ।
प्रतियोगिताको विजेताले नगद ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । २०७१ सालदेखि शुरु गरिएको माईभ्याली गोल्डकप  पूर्वी पहाडमै सबैभन्दा बढी धनराशि पुरस्कार को प्रतियोगिता हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता