नाटक प्रदर्शनबाट २७ लाख बढी आम्दानी


  • माइपोखरी संवददाता

बिर्तामोड, १६ जेष्ठः  क्षितिज नाट्य समुह झापाले बैशाखमा एकसाता आयोजना गरेको नाटक प्रदर्शनबाट २७ लाख ४३ हजार रुपैंयाँ आम्दानी गर्न सफल भएको जनाएको छ । ‘बहुजातीय सांस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण महाअभियान’ को सहयोगका लागि भएको प्रदर्शनमा सो रकम संकलन भएको हो । 
समुहको पहलमा झोराहाट नाट्य समुहको नाटक ‘बर्बरिक’ प्रदर्शन भएको थियो । समुहले झापाको बिर्तामोडमा नाटक घर निर्माण गर्ने तयारी शुरु गरेको छ । नाटक घर बनाउनका लागि सहयोगार्थ आयोजित प्रदर्शनमा ५ लाख ८० हजार खर्च भएको क्षितिज नाट्य समुहका अध्यक्ष माधव कल्पितले जानकारी दिए । 
उनले समुहसँग १ लाख ९० हजार रुपैयाँ मौज्दात रहेको जानकारी दिंदै १९ लाख ७३ हजार रुपैंयाँ संकलन हुन बाँकी रहेको बताए । ‘नाटकघर बनाउन बजेटको ब्यवस्था भइसकेको छ, कल्पितले भने–‘अब संग्रहालयको लागि अभियान शुरु गर्ने तयारीमा छौं ।’ उनले १ करोडको लागतमा नाटकघर बनाउने र बहुजातीय संग्रहालय निर्माणका लागि १८ करोड रुपैयाँ अनुमान गरिएको जानकारी दिए । 
बिर्तामोड १ मा रहेको तीनकठ्ठा जमिनमा नाटक घर निर्माण हुन लागेको हो । समुहले ६ कठ्ठा लिजमा लिएर बहुजातीय संग्रहालय बनाउने बताएको छ । १५ बर्षको लागि भाडामा लिएको भएपछि समुहले तयो जमिन समेत खरिद गर्नसक्ने कल्पितले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता