विर्तामोडका होटलबाट पाँच किशोरीको उद्धार, तीन जना पक्राउ

बिर्तामोड, १ असारः  दुई दिनको अनुगमनमा बिर्तामोडका विभिन्न होटलबाट वेस्यावृतिमा  संलग्न ५ जना किशोरीलाई प्रहरीले उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले वेस्यावृतिमा लगाउने तीन जनालाई पक्राउसमेत गरिसकेको छ । 
आइतबार बिर्तामोड –५ मा संचालित मनिका होटलबाट इलाम जिल्ला धोविधारा बस्न १७ वर्षीया किशोरीलाई उद्दार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले बताए । 
मनिका होटल व्यवस्थापनको जिम्मा लिएका इलाम दानाबारी कालीखोलाका नविन विकलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । होटल सञ्चालक निश्चल विश्वकर्मा भने फरार रहेका छन् । विश्वकर्माको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक थापाले जनाए ।
बिर्तामोडकै मनशान्त होटल र प्रतिक्षा होटलबाट पनि प्रहरीले चारजना किशोरीको उद्धार गरेको छ । प्रतिक्षा होटलका व्यवस्थापक अभिशेक तामाङ र मनशान्त होटलका सञ्चालक किरण तामाङ पक्राउ परिसकेका छन् । इलाम र उदयपुरको गाईघाट निवासी तीन किशोरीलाई लामो समयदेखि यौनजन्य कार्यमा प्रयोग गराउँदै आएको प्रहरीले जनाएको छ । प्रतिक्षा होटलका सञ्चालक विमल गहतराज फरार छन् । 
पक्राउ पर्ने मनशान्त होटल सञ्चालक तामाङ होटल व्यवसायी संघ झापाका पूर्व सचिव हुन् । तामाङ हाल बिर्तामोडमा वसोवास गर्दै आएका थिए ।  प्रतिक्षा होटलका व्यवस्थापक तामाङ सुनसरीको इटहरी घर भई बिर्तामोडमा वसोवास गर्दै आएको प्रहरीले जनाएको छ । 
 त्यस्तै झापा होटलका सञ्चालक रामकृष्ण कडरियालाई २३ वर्षीया युवतीलाई यौनजन्य गतिविधिमा संलग्न गराई आर्थिक शोषण गरेको आरोप छ । कडरिया फरार रहेको र खोजीकार्य भइरहेको उपरिक्षक थापाले बताए । 
पक्राउ परेका तीनै जनालाई बालबालिका विरुद्धको कसूरमा मुद्धा चलाइने प्रहरी उपरीक्षक थापाले जानकारी दिए । सोही कसूर अन्तरगत पक्राउ परेकालाई कारवाही गरिने प्रहरी नायव उपरीक्षक थापाले बताए ।
उद्धार गरिएका किशोरीलाई माइती नेपालको जिम्मा लगाइएको छ । बिर्तामोडका दर्जनाँै होटलमा सयाँै नाबालिकालाई वेस्यावृतिमा लगाइएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता