![]() |
File Photo |
पाेखरा, २६ असार । अविरल वर्षाका कारण पाेखराका विभिन्न ठाउँमा पहिराे गएकाे छ । पोखराको सराङकोट र हेम्जामा आएको पहिरोमा परी कम्तीमा पनि ३ जनाको मृत्यु भएको जनाइएकाे छ ।
साे घटनामा ६ जना घाइते भएकाे र केही घरमा समेत क्षति पुगेकाे छ । पोखरा महानगरपालिका- १८ स्थित सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेकाे छ । उक्त घरका ३ जनाको मृत्यु भएको हो ।
घाइतेमध्ये ४ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएको र बाँकी २ जना सामान्य घाइतेलाई उद्धार गरी अस्पताल लगिँदै गरेकाे जानकारी प्राप्त भएकाे छ ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता