आजदेखि नयाँ वर्ष प्रारम्भ, एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौँ । आजदेखि नयाँ वर्ष २०७८ प्रारम्भ भएको छ । विसं २०७७ को बिदाइ र नयाँ वर्ष २०७८ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिंदैछ ।

विक्रम सम्वतअनुसार हरेक वैशाख महिनाको १ गतेदेखि नयाँ वर्ष सुरु हुन्छ । यस दिन सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प सँगाल्दै म‌ंगल कामनाका साथ मनाउने गर्छन् ।

यस अवसरमा समाजमा साहित्यिक कार्यक्रम, भेटघाट नाचगान, रमणीय स्थानको यात्रा तथा वनभोजको आयोजना गरी आपसमा नयाँ वर्षको शुभकामना व्यक्त गर्ने चलन छ ।

साथै विगत वर्षमा भएको तीता मिठा घटना तथा आपद् विपद् जस्ता अशुभ घडी यस वर्षमा नआओस् र सबैमा हर्षखुशी तथा शुभसमय छाइरहोस भन्ने कामना पनि गर्ने गरिन्छ ।

नेपाली समाजमा प्रचलित सौर्यमानको आधारमा गते बार र चन्द्रमानको आधारमा तिथि पर्व निर्धारण गरिएको नेपाली पात्रो यसै दिनदेखि परिवर्तन गरिन्छ ।

विक्रम संवत प्राचीन भारतवर्षका राजा विक्रमादित्यले प्रचलनमा ल्याएका हुन् । नेपालमा महत्वका साथ प्रयोग गरिने यो संवत प्रणाली सूर्य पात्रोसँग सम्बन्धित रहेको छ । यो अङ्ग्रेजी पात्रोको इस्वी संवतभन्दा ५६ दशमलव ७ वर्षले अगाडि छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment