कुनै पनि योजना काटेको छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तय गरिएको कुनै पनि योजना नकाटिएको बताउनुभएको छ ।

सोमबारको बैठकबाट विनियोजन विधेयक पारित भएपछि बाहिरीने क्रममा उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । नेकपा एमालेले आफ्नो सरकारका पालामा तय गरिएका योजनालाई वर्तमान सरकारले काटेको आरोप लगाउँदै आएको छ ।

मन्त्री शर्माले पूर्वाग्राही छन् कि भनेर प्रतिपक्षीलाई शंका लागेको मात्रै बताउनुभयो । उहाँले भन्नुभयो, ‘योजना काटेर नभई राजस्व बढाउने लक्ष्य राखेर व्यवस्थापन गरेकोबाहेक केही गरेको छैन, हामी पूर्वाग्राही छैनौं। पूर्वाग्राही छन् कि भनेर उहाँहरुलाई शंका लागेको होला। उहाँहरुले भोलिपर्सि सबै योजना देखेपछि होइन रहेछ भन्नुहुन्छ।’

अर्थमन्त्री शर्माले प्रतिपक्षीसँग सौहार्दपूर्ण वावतारण बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘निरन्तर वार्ता गर्ने हो। सर्वदलीय बैठक बसेको यहाँहरुलाई थाहा छ। कानुनमन्त्रीले निरन्तर वार्ता गर्नुभएको यहाँहरुलाई अवगतै छ। हामीले वार्ता र संवादलाई निरन्तरता दिइराखेका छौं ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment