छिमेकीले जंगली जनावरलाई राखेको विद्युतीय पासोमा परी एकै घरका ३ जनाको मृत्यु

 

बर्दिया । धानखेतमा जंगली जनावरलाई राखेको विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु भएको छ ।

छिमेकीले जंगली बँदेल र हात्ती धपाउन राखेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका-३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्यान गएको हो ।

धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाही (क)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिले जनाएको छ ।

धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment