- गोबिन्द पौडेल
रोङ गाउपालिका स्वास्थ्य शाखाको प्रयासमा गाउँपालिकाका महिलाहरुको पाठेघर र स्तन क्यान्सरको परिक्षण जाच गरि रोगको पहिचान,परामर्ष र उपचारको कार्यमा निरन्तर लागिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दहालले बताए ।
गाउँपालिका स्वास्थ्य शाखाको बार्षिक कार्ययोजना अनुसार चालु बर्षमा गाउपालिका भित्र बिभिन्न ९ स्थानमा परिक्षण गरिने योजनाअनुसार हालसम्म रोङ १ र२ मा सयुक्त शिविर सञ्चालन गरि ३ सय ५० , रोङ ५ मा ८७ ,रोङ ३ को कोल्वुङमा ८८ र रोङ ६ को रम्भ्याङमा १ सय १० जनागरि जम्मा ६ सय ३५ जना महिलाहरुको परिक्षण गरिसकिएको छ भने अव जिर्मले, सलकपुर बरफल्याङ ,भालुझोडा र धनशारमा शिबिर सचालन गरिने योजना रहेको स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले बताए ।
शिविरमा डाक्टर रामकृष्ण आचार्य ,विकाष गजमेर,ममता दियाली,सबिना अर्याल लगायतको स्वास्थ्यकर्मीहरुको टिमले सेवा दिएका थिए ।शिविरमा पहिचान भएका रोगिहरुलाई लगातार फलोअप रोगको चरण हेरी परामर्ष र उपचारको लागि सुबिधा सम्पन्न अस्पताल सम्म रेफरको ब्यवस्ता गरिने शाखा प्रमुख काफ्लेले बताए । यसरी गाउँमै आएर स्वास्थ्य सेवा दिने गरेको र आफुहरुले सहज सेवा पाएकोमा खुसी लागेको स्थानीय खगा प्रधानले बताए ।

0 comments:
Post a Comment