इलाम, १० साउनः सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले एक दिने सदस्य पूर्व प्रवेश अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्र इलाम, राके, मंगलबारेका आफनो सेवाकेन्द्र मातहतबाट सदस्यता फाराम भर्ने आवेदकहरुको सहभागितामा सञ्चालित करिब ८० जनाको उपस्थिती रहेको थियो ।
सहारा नेपाल मुख्य कार्यालयका उपनिर्देशक दिनेश वहादुर निरौलाको प्रमुख आतिथ्यता तथा प्रबुद्ध समूहका पूर्ण प्रसाद गौतमको विशेष आतिथ्यता एवं सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति इलामका संयोजक हरिहर निरौलको सभापतित्वमा कार्याक्रम सञ्चालन भएको थियो । कार्यक्रमको सञ्चालन इलाम अनुगमनका अधिकृत तोयानाथ आचार्यले गरेका थिए ।
कार्यक्रममा सेवा केन्द्र इलामका प्रमुख के.पी. लुईटेल, सेवा केन्द्र राकेका प्रमुख लक्ष्मण घिमिरे र सेवा केन्द्र मंगलबारेका प्रमुख दुर्गामणि पौडेलको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहारा नेपालको स्थापनाकाल देखि आजसम्मको अवस्था, सदस्यता लिएपछि संस्थामा आफ्नो सक्रियता र योगदानका आधारमा संस्थाले उपलब्ध गराउने सेवासुविधा, सहारा नेपाल साकोसको सदस्यता प्रावधान, सदस्य आचार संहिता,वित्तिय सचेतना,संस्थागत आम्दानीका श्रोत तथा सदस्य सुविधा आदि लगायतका विषयमा मूल कार्यालयका उपनिर्देशक दिनेश वहादुर निरौलाले जानकारी गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिता जनाउनुहुन सम्पूर्ण सहभागिहरुलाई कार्यक्रमका सभाध्यक्ष तथा विशेष अतिथिले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । इलाम सेवाकेन्द्रमा कार्यरत कर्मचारीहरु के.पी. लुईटेल, सम्झना गुरुङ ,अनुप रिजाल र सरस्वती कार्कीको व्यवस्थापनमा इलामको फ्रेण्डस होटलमा कार्यक्रम सम्पन्न भएको इलाम सेवा केन्द्रका प्रमुख के.पी. लुईटेलले जानकारी गराउनुभयो ।
0 comments:
Post a Comment