काठमाडौँमा पहिलोपल्ट ‘द्रुत बस’ सेवा सुरु, को-को चढे बसमा ?

३ आश्विन २०८०, बुधबार

काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ ।
संविधान दिवसको अवसर पारेर बुधवार काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।
द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ । द्रुत बस सेवा आज उद्घाटन भए पनि सर्वसाधारण यात्रुको लागि भने बिहिवारबाट मात्रै सञ्चालनमा आउनेछ ।
उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह लगायतले यात्रा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment