छोराले धकेल्दा पाँचथर कुम्मायकका ८३ वर्षीय बाबुको मृत्यु

५ पुष २०८०, बिहीबार 

फिदिम । छोराले धकेल्दा पाँचथरको कुम्मायक गाउँपालिका १ का ८३ वर्षीय बृद्धको मृत्यु भएको छ । गैरीगाउँका चन्द्रमान तामाङ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
४८ वर्षीय छोरा घनेन्द्र तामाङले चन्द्रमानलाई पैसा मागेको र नदिएपछि धकेल्दा भित्तामा ठोकिएर उनको ज्यान गएको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।
चन्द्रमानसँग अघिल्लो साँझ दुई जना छोराहरु घनेन्द्र र देवेन्द्रसँग विवाद भएको थियो । चन्द्रमानको मृत्युपश्चात् उनका दुवै छोराहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment