१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

 ४ माघ २०८०, बिहीबार 


मोरङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको सुन्दरहरैचा नगरपालिका–६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनााएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment