इलामको माईमा बुबाले गरे १९ वर्षीय छोराको हत्या

२०८० पौष २४ गते , मंगलबार


इलामको माई नगरपालिकामा बुवाले खुकुरी प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । माई नगरपालिका( ६ का दिलकुमार राईले छोरा १९ वर्षीय जीवन राईको हत्या गरेका हुन् । बेलुका ७ बजे घर झगडाका क्रममा ३६ वर्षीय दिलकुमारले छोरा जीवनको पेटमा खुकुरी प्रहार गरेका थिए । घाइतेलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा आज बिहान ३ः२० बजे उनको मृत्यु भएको हो ।
कक्षा ११ मा अध्ययन गर्ने जीवन दिलकुमारका एक्लो छोरा थिए । घटनापछि हिजो बेलुका नै स्थानीयले पक्राउ गरी दिलकुमारलाई प्रहरीको जिम्मा लगाएको स्थानीय प्रहरीले जानकारी गराएको छ ।घटनाको जानकारी हुनासाथ प्रहरी चौकी महमाईबाट प्रहरी टोली खटिएर खुकुरी प्रहार गर्ने दिलकुमारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment