झापाको हल्दिबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु

२०८१ श्रावण १७ गते , विहीबार


झापा । झापाको हल्दिबारीमा पिकअप भ्यान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका-५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा बिहीबार साँझ ७:१५ बजे राजगढवाट जलथलतर्फ जाँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलवाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।


मृत्यु हुने हल्दिबारी गाउँपालिका ५ का अन्दाजी ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरी वराहक्षेत्र –१० प्रकाशपुर बस्ने २१ वर्षीय विकेश कार्की भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । कार्की मृतक प्रेम प्रसाईँका साला धनबहादुर कार्कीका छोरा हुन् । दुवै घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषित गरेको उनको भनाई छ ।  पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment