- गोबिन्द पौडेल
नेत्र ज्योती संघ इलामको, रोङ गाउँपालिकाको आयोजना र बिराटनगर आँखा अस्पताल रानीको प्राबिधिक सहयोगमा गत साउनदेखी ४५ दिन लगाएर टोलटोलमा आँखा रोगिको खोजीगरि शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको रोगिहरुको लागि मसिर ८,९ र १० गते स्वास्थ्य चौकि हरकटेमा यातायात र आवास सहितको ब्यवस्था गरिआँखा शिबिरमा ६५ जनाको शल्यकृया गरिएको रोङ गाउपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए ।
शिबिर सम्पन्न गर्न सहयोग पुर्याउने चिकित्सक,स्वास्थ्य कर्मी,जनप्रतिनिधिहरु,यातायात ब्यवसायि कर्मचारीहु सबै प्रति आभार ब्यक्त गरेको रोङ स्वास्थ्य शाखा प्रमुख युवराज काफ्लेले वताए ।
१ सय ७९ जनाको शल्यकृया गरिने लक्ष्य अनुरुपको उपस्थिति कम भएको ले अलिक खल्लो लागेको र यसको कारण सिहितको समिक्षा हुने शाखा प्रमुख काफ्लेले वताए।
0 comments:
Post a Comment