इलाममा लागु औषध ब्राउन सुगर सहित ५ जना पक्राउ


इलाम । जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिकाको बिभिन्न स्थानहरुबाट लागु औषध सहित मानिसहरु पक्राउ गरेको छ । मिति २०८२ साल वैशाख ११ गते जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा खटिएको बिशेष प्रहरी टोलिले  इलाम नगरपालिकाको निम्न स्थानहरुबाट निम्न ५ जना मानिसहरुलाई नियन्त्रणमा लिई निजहरुको घरकोठा तथा शरिरको खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा लागु औषध ९ब्राउन सुगर० ३ ग्राम २५० मिलिग्राम र विभिन्न कम्पनिको ५ थान मोबाईलहरु समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको ।


बरामदी लागू औषध,मोबाईल र पक्राउ परेको मानिसहरूः
१। जिल्ला इलाम ईलाम नगरपालीका वडा नं। ०४ पिपल बोटे बस्ने सन्तोष भन्ने सन्तबिर तामाङको साथाबाट ९६० मिलिग्राम लागु औषध ९ब्राउन सुगर० र इउउय मोबाईल थान १, च्भमmष् मोबाईल थान १ ।
२। जिल्ला इलाम ईलाम नगरपालीका वडा नं। ०६ बस्ने बर्ष २९ को नानु भन्ने बिजय नेम्बाङ लिम्बूको साथबाट १।९३० ग्राम लागु औषध ९ब्राउन सुगर० ।
३। जिल्ला इलाम सन्दकपुर गाँउपालीका वडा नं।४ माबु बस्ने बर्ष ३० को चेत बहादुर गुरूङको साथबाट ३६० मिलिग्राम लागु औषध ९ब्राउन सुगर० र च्भमmष् मोबाईल थान १ ।
४। जिल्ला इलाम इलाम नगरपालीका वडा नं। ७ बस्ने बर्ष २७ को सुप्रिम देवानको साथबाट च्भमmष् मोबाईल थान १ ।
५। जिल्ला इलाम इलाम नगरपालीका वडा नं। ०८ जिरोमा गाडी ग्यारेज संचालन गर्ने जिल्ला झापा बिर्तामोड नगरपालीका वडा नं। ०५ बस्ने बर्ष ३१ को रोहित आलमको साथबाट च्भमmष् मोबाईल थान १ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment