इलामको शिक्षा कार्यालय नजिक शंकास्पद वस्तु

 इलामको शिक्षा कार्यालय नजिक शंकास्पद वस्तु
इलाम ७ असोज । इलाम सदरमुकाम स्थित फुलगाछी रोड टुँडिखेल नजिक जिल्ला शिक्षा कार्यालय अगाडिको बाटोमा शंकास्पद वस्तु फेला परेको छ ।
प्लाष्टिकले बन्दुकको आकार बनाएर बेरेर राखेको अवस्थामा बिहान उक्त वस्तु फेला परेको थियो । तर स्थानीयहरुले फोहोर भनेर वास्ता गरेका थिएनन् । तर बिहान १० बजे तिर उक्त शंकास्पद वस्तुमा तारहरु जडान भएकोे देखे पछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
अहिले उक्त क्षेत्रमा प्रहरीहरुले सुरक्षा दिईरहेको र कालीध्वज गणबाट उक्त वस्तु परिक्षण गर्नको लागि नेपाली सेना आउँदै गरेको प्रहरी निरिक्षक ईश्वर थापाले  जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment