फिक्कल नयाँवजारको सडक निर्माणमा आर्थिक चलखेल


इलाम, १०, कार्तिकः उन्नति समावेसी परियोजना अन्तरगत जिल्ला प्राविधिक कार्यालय इलामले सञ्चालन गर्ने  फिक्कल-नयाँवजार सडकको ठेक्का प्रकृयामा ढिलाइ भएको भन्दै स्थानीयले गुनासो गरेका छन् । 
चार महिना अघि ठेक्का आव्हान गरेको जिल्ला प्राविधिक कार्यालय इलामले अहिले सम्म ठेकेदार कम्पनी छान्न सकेको छैन । योजना नै असफल बनाउने तयारीमा जिल्ला प्राविधिक कार्यालय इलामका प्रमुख इञ्जिनियर ओमराज ढुंगाना सहितको छनौट समिति  लागेको इलाम नयाँ बजारका सिटी सेर्पाले आरोप लगाए । उनका अनुसार सो सडकमा बर्खामा विजोग हुने गरेको छ । ढिलाईका कारण पाँच भन्दा बढि गाविस प्रभावित हुने सेर्पाले बताए ।  
ढिलाईको कारण आर्थिक चलखेल भएको हुन सक्ने भन्दै नाम्सालिङका जीवन नेपालीले पनि यसमा शंका रहेको धारणा रहेको वताए । उनले ठेक्का प्रकृयामा समेत विधि र नियम मिच्ने प्रयास भएको आरोप लगाए । सो सडक निर्माणका लागि आवेदन गर्ने ६ वटा निर्माण कम्पनी मध्ये दोस्रो नम्बरमा रहेको नागार्जुन निर्माण कम्पनीलाई छनौट गर्ने तयारी गरेको स्रोतले जनाएको छ । गजुरमुखी निर्माण कम्पनीले भ्याट बाहेक ११ करोड, ९४ लाख ५५१ रुपैयाँमा १९ किलोमिटर लामो सो सडक निर्माण गर्ने निवेदन पेश गरेको थियो । सो कम्पनीलाई हटाउने अभ्यास भइरहेको कम्पनीले जनाएको छ । समितिले भ्याट बाहेक १२ करोड ९ लाख ६१ हजार ४९१ रुपैयाँको टेण्डर हालेको नागार्जुन कम्पनीसंग ठेक्का सम्झौता गर्ने तयारी गरेको स्रोतले जनाएको छ । नागार्जुन कम्पनी कालो सुचीमा परेको ठेकेदारको आरोप छ । सो कम्पनीले उक्त ठेक्कामा दररेट भर्दा अंक र अक्षर उल्लेख गर्नुपर्नेमा अंक मात्र लेखेको र यन्त्र उपकारण विवरणमा फन्ट हु लोडरको कागजात पेश गर्न नसकेको प्राविधिक कार्यालय स्रोतले जनाएको छ । यता नागार्जुन निर्माण कम्पनीका आधिकारीक प्रतिनिधिको खोजी गरि सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 
सो सडकमा बाटोको स्तरोन्नतिका लागि भ्याट सहितको उन्नाइस करोड, ४७ लाख, अठार हजार, २५ रुपैयाँ सम्मको टेण्डर हाल्न जेष्ठ १८ मा सूचना प्रकाशन गरेको थियो । गजुरमुखी कम्पनीले ४४ अरबको काम दुवाइ तथा कतारमा गर्दै आएको छ भने नेपालमा सात अर्बको काम भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment