६३ औ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाइयो

१३ मंसिर इलाम । ६३ औ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस इलाममा पनि मनाइएको छ । नेपाल क्षयरोग निवारण संस्था शाखा इलामको आयोजनामा ज्योती विद्या मन्दिरका विद्याथीहरुमाझ क्षयरोग सम्वन्धि जानकारी प्रदान गर्दै दिवस मनाइएको हो । साथै सोही कार्यक्रममा नुर्वु शेपाको अध्यक्षता ११ सदस्यीय जुनियर क्षयरोग निवारण समिती समेत गठन गरिएको छ । समितीको उपाध्यक्षमा रेखा गुरुङ, सचिव नित्या लिम्बु, सहसचिव पुजन चापागाई, कोषाध्यक्ष केसला गुरुङ चयन भएका छन । सदस्यहरुमा सरोज राई, अनिता कटबाल, सौगात रसाइली, पवित्रा भट्टराई, रोशन खवास, सुदिप राई रहेका छन । शिक्षक नायकमा राजिव भट्टराई चयन भएका छन । क्षयरोग निवारण संस्थाका सभापती खगराज कट्टेलको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाका उपाध्यक्ष नरेन्द्र खडकाले स्वागत मन्तव्य रहेको कार्यक्रममा पूर्व अध्यक्ष भक्त केसी, सदस्य विमल खडगी, कोषाध्यक्ष लोक बहादुर तामाङ, सहसचिव गणेश खतिवडाले आफनो भनाइ राखेका थिए । कार्यक्रमलाई संस्थाका सचिव दिवाकरण भण्डारीले सहजिकरण गरेका थिए । नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोग नियन्त्रण सम्वन्धी कार्यक्रमहरु गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment