ढापपोखरीले लोभ्यायो पर्यटकलाई (तस्वीर सहित)


जमुना, १३ मंसिरः निर्माणकै क्रममा रहेको ढाप पोखरी अवलोकनका लागि आन्तरिक पर्यटकको आगमनमा बृद्धि भएको छ । जमुना २ मा रहेको ढापपोखरीमा हाल १० फिटको ड्याम छ भने २० रोपनी क्षेत्रफलमा फैलिएको छ । ढापपोखरी निर्माण भएपछि जिल्लास्तरमा आयोजना गर्न तयार गरिएको गोष्ठि महिला जागरण संघ इलामले जमुनामा आयोजना गरि सम्पन्न गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि पनि जुमनामा कार्यक्रमको आयोजना गरिएको महिला जागरण संघ इलामकी सचिव उर्मिला सुवेदीले बताईन् । उनले भनिन्, ‘हामीले बाटो खोलिदिएका छौं, अब इलामका अन्य संघसंस्थाहरुले पनि ग्रामिण पर्यटनलाई प्रवद्र्धन गर्न तालिम, गोष्ठि तथा अन्र्तक्रियाहरुको आयोजना गर्दा विकेन्द्रिकरणको नीति बमोजिम स्थान छनोट गर्नुपर्छ ।’ एक घण्टासम्म डुङ्गाको सयर गर्न मिल्ने क्षेत्रफलमा फैलिएको पोखरीमा निकट भविष्यमै डुङ्गा र प्लेइङ बोटहरु ल्याउने तयारी गरिएको पोखरी संरक्षणमा लागिपरेका निरबहादुर फागोले बताए ।


पोखरी अवलोकन पछि समाजसेवी विष्णु दहालले आफुले अपेक्षा गरे भन्दा पोखरी सुन्दर र ठूलो पाएको प्रतिक्रिया दिइन् । इलाम उद्योग बाणिज्य संघकी निवर्तमान अध्यक्ष शुशिला सापकोटाले ढापपोखरीले इलामको महत्वपूर्ण पर्यटनको हब हुनसक्ने बताइन् । वर्खाको सिजन सकिएपनि पोखरीमा पानीको तह उतसाह्रो नघट्नु, विज्ञका अनुसार पोखरीमा पानी रिचार्ज भई पानीको श्रोत बढ्दै जानुले पोखरी संरक्षणमा जुटेकाहरु उत्साहित बनेको संरक्षणमा जुटेका सञ्चारकर्मी विप्लव भट्टराईले बताए । जमुनाको चोयाटार सामुदायिक वनमा पाईने रेडपाण्डा र ढापपोखरीले जमुना आन्तरिक पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै जानेमा जमुनाबासी विश्वस्त छन् । जिल्लाका प्राकृतिक पोखरीहरु सुक्दै गएको समयमा जमुनाबासीको पहलमा निर्माण गरिएको यस पोखरीले विज्ञानको क्षेत्रमा पनि आशाको सञ्चार गराएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment