गोलिया बोकेको ट्रक मेची राजमार्गबाट करिब १०० मिटर तल खस्यो, चालक सकुशल


इलाम, असार १५ — इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्गमा गोलिया (काठ) बोकेको ट्रक दुर्घटना हुँदा चालक सकुशल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आज (२०८३ असार १५ गते) अपराह्न करिब ३:५० बजे इलामबाट झापातर्फ जाँदै गरेको प्र१-०१-००१ ख ३८७३ नम्बरको ट्रक इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक उत्तम बहादुर भुजेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।
दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। ट्रक चालक झापा, मेचीनगर नगरपालिका–१३ निवासी ३६ वर्षीय प्रकाश तिम्सिना सकुशल रहेको र उनलाई कुनै चोटपटक नलागेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment