झापाको टाङ्टिङ खोलाले बगाउँदा वृद्धको मृत्यु

 


इलाम/झापा, साउन २० — झापाको बुद्धशान्ति गाउँपालिका–१ निवासी ६८ वर्षीय पदमबहादुर लिम्बु थेगिमको टाङ्टिङ खोलाले बगाउँदा मृत्यु भएको छ।

परिवारका अनुसार लिम्बु आज बिहान अर्जुनधारा नगरपालिका–२ स्थित आफन्तको घर जाने भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका थिए।

खुदुनाबारी–शनिश्चरे सडकखण्ड अन्तर्गत टाङ्टिङ पुलभन्दा केही मिटर तल खोलाको किनारमा स्थानीय माछा मार्न गएका व्यक्तिहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थल पुगेपछि शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment