फाकफोकथुममा अटो दुर्घटना, दुई जनाको मृत्यु

 


इलाम । फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी–कमरे भित्री कच्ची सडकमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

भदौ २६ गते साँझ करिब ५ बजे मधेश प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब २ मिटर तल खसेपछि पेट्रोल चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ८ वर्षीया खुसिका श्रेष्ठको सोही राति बीएनसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यस्तै गम्भीर घाइते २७ वर्षीया कविता श्रेष्ठको भदौ २७ गते बिहान उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटो चालक लोकबहादुर श्रेष्ठसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये चालक लोकबहादुर श्रेष्ठ र कविता श्रेष्ठको अवस्था गम्भीर रहेको थियो भने अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी मौसम उदासले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment