इलामः धिरेन शर्मा “रमण” एकिकृत नेकपा माओवादी इलामका संयोजक हुन् । बुबा तुलसीराम तिम्सिना आमा नरमाया तिम्सिनाको कोखबाट ३०३१ मंसिरमा इलामको फाकफोकको साप्तीनमा जन्मिनुभएका रमणले स्नातकसम्म अध्ययन गरेका छन् । बाल्यकालमा कम्युनिष्ट पार्टीप्रति झुकाव राख्ने गरेका रमणमा पञ्चायतकालमा पिष्कर हत्याकाण्डको विरोधमा देशभर आन्दोलन चर्केसँगै राजनितिक चेतना बढ्दै गएको थियो ।
२०४७ सालदेखि अनेरास्ववियुबाट संगठित रुपमा राजनितिमा प्रवेश शुरु गरेका रमणले २०५१ सालमा पार्टीको सदस्यता लिएका थिए ।
२०५२ सालदेखि माओवादीले शुरु गरेको जनयुद्धबाट प्रभावित भएर २०५३ सालदेखि माओवादी आन्दोलनमा होमिएका रमणले २०५५ मा अनेरास्ववियू क्रान्तिकारीको संम्मेलन आयोजक समितिको संयोजक, २०५६ मा अध्यक्ष भएर आन्दोलनमा सहभागी भएका थिए । जनयुद्धका क्रममा २०५६ सालबाट गिरक्तारमा परेका रमणले २०५८ सालसम्म जेल जिवन पनि बिताएका थिए ।
जेलबाट छुटेपछि पार्टीको विभिन्न तहमा र जनयुद्धकालनमा जनमुक्ति सेनाको कम्पनी कमिसार, बाटालिय साहायक कमिसार हुदै शान्ति संम्झौता भएपछि रमणले पाँचथर, तेह्थुम र इलाममा पार्टीको विभिन्न तहमा काम गरेका रमणले बाम गठबन्धनबाट इलामको क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा उमेद्वार रहेका थिए ।
मंसिर २१ को निर्वाचनमा इलाम क्षेत्र नं २ को २ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धिरेन्द्र शर्मा रमण ३ हजार ६ सय ५१ मतान्तरले बिजयी भए । उनले १४ हजार ७ सय १६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नेता खगेन्द्र देवानले ११ हजार ६५ मत प्राप्त गरे