इलामको माङसेबुङमा वृद्धाश्रम बन्ने

माङसेबुङ गाउँपालिका–२ इभाङमा एक करोड रूपैयाँको लागतमा सुविधासम्पन्न वृद्धाश्रम बन्ने भएको छ । वृद्धाश्रमको आज एक कार्यक्रमबीच नेपाली काङ्ग्रेसका नेता सटौलाले शिलान्यास गर्नुभयो । 
वृद्धाश्रम निर्माणका लागि स्थानीय बासिन्दा नेत्र न्यौपानेले तीन रोपनी जग्गादान दिनुभएको छ । भवनका लागि पाँच रोपनी जग्गा आवश्यक पर्ने भएकाले अन्य दुई रोपनी जग्गा गजुरमुखी सामाजिक विकास मञ्चले खरीद गरेको छ । वृद्धाश्रम निर्माणको जिम्मा मञ्चले लिएको मञ्चका अध्यक्ष दीपक गौतमले जानकारी दिनुभयो । 
वृद्धाश्रम निर्माणका लागि स्थानीय बासिन्दा, गाउँपालिका, नगरपालिका, प्रदेश सरकारसँग सहयोग माग गर्नेसमेत उहाँले बताउनुभयो । “वृद्धाश्रम सञ्चालनका लागि पाँच हजार पाँच सय व्यक्तिबाट दैनिक एक रूपैयाँका दरले पाँच वर्षमा करीब एक करोड रूपैयाँ हुन्छ, यसलाई अक्षयकोष स्थापना गरी यसको ब्याजबाट सञ्चालन गरिन्छ,” अध्यक्ष गौतमले भन्नुभयो । 
बीस कोठाको सुविधासम्पन्न भवनमा १५ कोठामा दुई÷दुई जनाका दरले वृद्धवृद्धा रहने र अन्य कोठामा भान्छाघर, प्रशासन, बैठक कक्ष राखिने गजुरमुखी सामाजिक विकास मञ्चले जनाएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता