
कार्यक्रममा ‘पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्र मिलेर नेकपा भइसकेपछि यो पार्टी दक्षिण एशियाकै ठूलो पार्टी भएको छ’, नेता खनालले भनेका थिए ।
कार्यक्रममा नेकपाका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले पनि नेकपा र दलभित्र कुनै समस्या नभएको बताए ।
दुवै नेताहरुले इलामको विकासको लागि आफुहरुले मरिमेटिरहेको बताए । इलाममा निर्माणाधीन सुकिलुम्बा विमानस्थल कालोपत्रे गर्ने र सञ्चालनमा ल्याउने, झापाको दमकदेखि रविसम्म कालोपत्रे गर्ने, धनकुटाको भेडेटारदेखि इलाम जोड्ने बाटो कालोपत्रे गर्ने, विद्युतीकरण, खानेपानी जस्ता कार्यक्रमहरुमा आपूmहरुले पहल गरिरहेको उनीहरुको भनाई थियो ।
चियापान कार्यक्रममा इलामबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका नेकपाका सांसदहरु, नेपाली काङ्ग्रेसकी सांसद सुजता परियार, इलामका सबै संरचनाका प्रमुख तथा जनप्रतिनिधीहरु, प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी संघसंस्थाका प्रमुखहरु, नेकपाका नेता तथा कार्यकर्ता र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । जिल्ला समन्वय समिति इलामको सभाकक्षमा भएको कार्यक्रमको कम्जोर व्यवस्थापनको कारण सहभागीहरु नअटाएर बाहिर जिसस परिसरमै उभिएको देखिन्थीए ।