यी हुन काठमाडौँमै घर भएर पनि संसदबाट घर छैन भन्दै पैसा लिने सांसदहरु


काठमाडौं । राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका छन् । यस्तो सुविधा लिनेमा उधोगी, व्यापारी र दलका चर्चित नेता छन् । नियमअनुसार, काठमाडौं उपत्यकामा घर भएका सांसदले घरभाडा लिन मिल्दैन । तर, सत्तारुढसँगै विपक्षी दलका कैयन सांसदले नियमविपरीत घरभाडा रकम बुझ्दै आइरहेको रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङदेखि काठमाडौंकै रैथाने कांग्रेस सांसद् भीमसेनदास प्रधानसम्मले उपत्यकामा घर हुँदाहुँदै घर नभएकालाई दिन व्यवस्था गरिएको रकम लिँदै आइरहेका छन् । कान्तीपुर दैनिकमा खबर छ ।
यति मात्रै होइन, सांसद रहेका मन्त्रीका श्रीमतीहरुले समेत एक कदम अघि बढेर यस्तो सुविधा लिइरहेका छन् । यो सूचीमा ओनसरी घर्ती र सत्या पहाडी छन् ।लिटिल एन्जेल्सका सञ्चालकसमेत रहेका कांग्रेस सांसद् उमेश श्रेष्ठको नाम पनि घरभाडा बुझ्नेको सूचीमा छ । त्यस्तै कांग्रेसकी चित्रलेखा यादव, नेकपा सांसद् योगेश भट्टराई, पम्फा भुसाल, कांग्रेसका नारायण खड्काले पनि झूटो विवरण पेस गरेर घरभाडा लिँदै आएका छन् ।राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, राजपाकै लक्ष्मण लाल कर्णले पनि यो सुविधा लिनेको सांसद्को सूचीमा छन् ।
रिपोर्टअनुसार, नेकपाकी गोमा देवकोटा, नवीना लामा, यज्ञराज सुनुवार र रामकुमारी झाँक्रीले पनि घर भाडाको रकममा मन थाम्न सकेका छैनन् ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले झूटो विवरण पेस गरेर सरकारी सुविधा लिनु आफैंले बनाएको कानूनको उल्लंघन भएको बताएका छन् । नक्कली प्रमाणपत्र पेस गर्नु र झूटो विवरण पेस गरेर सरकारी सुविधा लिनु एउटै भएको उनले कान्तिपुरसँग बताएका छन् ।पूर्वसहसचिव एवं अधिवक्ता शेरबहादुर ढुंगानाको बुझाइमा काठमाडौं उपत्यकामा घर हुँदाहुँदै छैन भनेर भाडा लिनु स्वतः भ्रष्टाचार हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता