एक्काइस जुवाडेसहित रु सात लाख बरामद

साँखु, २१ पुस :  काठमाडौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ । ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले लामाको घरमा छापा मारेको हो । 
छापा मार्दा प्रहरीले जुवा खेल्न प्रयोग गरिने गट्टी र कौडासमेत बरामद गरेको छ । पक्राउ परेका २१ पुरुषको अनुसन्धानपछि कानूनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वसन्तकुमार लामाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता