माईभ्याली गोल्डकपः हिमालयन शेर्पालाई हराउँदै दाफिन्सलाई उपाधी


इलाम, ५ फागुनः हिमालयन शेर्पालाई हराउँदै पाहुना टोली क्यामरुनको दाफिन्स फेमिली क्लबले इलाममा जारी माईभ्याली गोल्डकपको उपाधी जितेको छ । निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा दाफिन्सले हिमालनको चुनौती २–० गोल अन्तरले पन्छाएको हो । 
खेलको सुरुवातबाटै दबाब कायम राखेको दाफिन्सले खेलको ८ औ मिनेटमा अग्रता कायम गरेको थियो । हिमालयनका निरज बस्नेतलाई छक्याउदै यान्निक ओवानाले गोल गरेका थिए । खेलमा पछि परेको अवस्था १९ औ मिनेटमा शेर्पाले दोश्रो गोल खान पुग्यो । मेजुकेको कर्नर प्रहारलाई पेटाङ्गाले हेडर गोल गदेै अग्रता दोव्वर बनाए । उपाधीसंगै दाफिन्सले नगद ७ लाख प्राप्त गरेको छ । भने उपविजेता शेर्पाले ४ लाख रुपैया प्राप्त गरेको छ । खेलको ६५ औ मिनेटमा डेडी वाम्बा दोहोरो पहेलो कार्ड पाउदै मैदानमा बाहिरिएपछि शेर्पा १० खेलाडीमा सिमित भएको थियो । 
खेलमा पाएका अवसरहरु सदुपयोग हुन नसक्दा सिजनमा दोश्रो पटक शेर्पा उपविजेता भएको थियो । माईभ्यालीसंगै दाफिन्सले सिजनमा ४ वटा उपाधी जितेको छ । खेलमा विद्यागत तर्फ दुवैले बराबर पुरस्कार पाएको छ । दुवै टिमका खेलाडीहरुले ८ वटा मध्ये ४÷४ वटा पुरस्कार पाएका थिए । शेर्पाका गोलरक्षक किशोर गिरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिदै अपाची १६० सीसीको बाइक पाएका थिए । बिजेता टिमलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले पुरस्कार वितरण गरेका थिए ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता