इलाममा सवारी चालक र सहचालकलाई पोषाक कार्यन्वयन, दुर्घटना न्युनिकरण सम्बन्धी १५ दिने महाअभियान शुरु

इलाम, ३० फाल्गुनः जिल्ला प्रहरी कार्यालय इलाम तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय ईलामको संयुक्त आयोजनामा इलामको बसपार्कमा जिल्ला संमन्वय समिति इलामका प्रमुख गणेष प्रसाद बरालको प्रमुख आथ्यित्यमा प्रभातफेरी र्यापली गरिएको थियो । कार्यक्रममा इलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिना, प्रहरी उपरीक्षक माधब श्रेष्ठ,शसस्त्र प्रहरी उपरीक्षक बिदुर खड्का,अनुशन्धान अधिकृत तुलसी कटेल,बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
स्थानिय जनप्रतिनिधि ,यातायात संघ लगायत सार्बजनिक सवारी साधनका चालक र परिचालकहरुको उपस्थितिमा चालकहरुलाई मर्यादित पहिचानयुक्त तथा आफ्नो पेशा प्रति सदैब उत्तरदायी एंव जबाफदेही बनाई सडक शुसाशन कायम गर्न १ नं प्रदेश १४ जिल्लामा लागु गरिने पोषाक कार्यन्वयन तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी १५ दिने महाअभियानको  शुभारम्भ गरी चालक र सहचालक हरुलाई पोषाक समेत बितरण गरीएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता